एसिसी यू–१६ इस्ट कप क्रिकेटः मलेसियालाइ हराउदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं। एसिसी यू–१६ इस्ट कप क्रिकेट प्रतियोगिताको सेमी–फाइनल खेल मा नेपाल ले मलेशिया लै ९ विकेटले पराजित गरेको छ।
Advertisement 1
खेलको पहिलो इनिङ्समा नेपालले मलेसियालाइ ४३.१ ओवरमा मात्र ९० रनमा अलआउट बनाएको थियो। पहिलो इनिङ्समा मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए। त्यसैगरी कप्तान दियाज पात्रोले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।
नेपालका लागि अभय यादवले सर्वाधिक ४ विकेट लिए। त्यसैगरी सुभम खनालले ३ विकेट लिए भने कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १÷१ विकेट लिए।
Advertisement 2
त्यसैगरि दोस्रो इनिङ्समा नेपालको लागि प्रशिद्ध जैसी ले २ रन बनाए भने परिमार्जन यादव र श्रीवंश बजगाईले क्रमशः ५९ र २३ रन बनाएका छन्। नेपालले मलेसियालाइ ११ ओवरमा मात्र १ विकेट गुमाएर हराएको छ। यस जितका साथै नेपाल एसिसी यू–१६ इस्ट कपको फाइनलमा प्रवेश गरेको छ। नेपालले फाइनल खेलमा हंगकंग र सिंगापुर बीच हुने दोस्रो सेमी फाइनल को बिजेता संग खेल्ने छ।