समुदायको सस्कार र संस्कृति जोगाउन जुटे रामेछापका माझी

रामेछाप। समुदायको संस्कार र संस्कृति जोगाउन रामेछापका माझी जुटेका छन्। माझी जागरण केन्द्रले आफ्नो समुदायको जन्मदेखि मुत्युसम्मको सस्कार र संकृति जोगाउन समुदायमा संस्कृति संरक्षण अभियान सञ्चालन गरेको हो।

Advertisement 1

समुदायको संस्कारका बारेमा माझी युवालाई जानकारी नहुँदा संस्कृति लोप हुने अस्थामा पुगेकाले संस्कार र संस्कृति संरक्षण र प्रवद्र्धनसँगै पुस्तान्तरण अभियानमा जुटेको मन्थली नगरपालिका–८ का बालकृष्ण माझीले बताए। आफ्नो संस्कारका बारेमा अरु समुदायका साथै माझी समुदायका युवालाई जानकारी गराउने उद्देश्यले अभियानका रूपमा संरक्षण गर्न पहल थालिएको उनको भनाइ छ।

यहाँका माझी समुदायको सङ्गठन मझे सावाका संयोजक बहादुर माझी र समाजशास्त्री प्राडा कृष्ण भट्टचन्दले यो समुदायको संस्कृति र पहिचाहनका बारेमा जानकारी प्रस्तुत गरे। मन्थलीको गाईखुराबाट सुरु गरिएको उक्त अभियानको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले दीप प्रज्वलन गरी उद्घाटन गरकाहुन्। कार्यक्रमका लागि आर्थिक सहयोग नेपाल आदिवासी जनजाति उत्थान प्रतिष्ठान केन्द्रीय समितिले गरेको छ।

प्रकाशित :२०८२ असार १०, मंगलवार ०७:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry