संघीय निजामति सेवा ऐन : आन्तरिक राजस्व विभागका कर्मचारी पनि विरोधमा, कालोपट्टी बाँधेर काममा

काठमाडौं। संघीय निजजामति ऐन कर्मचारीमैत्री हुनुपर्ने भन्दै अधिकांश कर्मचारी आन्दोलनमा उत्रिएका छन्।

Advertisement 1

संघीय निजामित सेवा विधेयक संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भएरसंसद्मा पेश गर्ने तयारी भइरहँदा अधिकांश कर्मचारीले यसप्रति विरोध जनाइरहेका छन्।

यसै क्रममा सोमबार आन्तरिक राजस्व विभागका कर्मचारीले पनि ऐन कर्मचारीमैत्री हुनुपर्ने भन्दै विरोध कार्यक्रम गरेका छन्।

Advertisement 2

विभागका कर्मचारीहरुले सोमबार विरोधस्वरुप हातमा कालोपट्टि बाँधेर काम गरिरहेका हुन्। यसअघि राज्य व्यवस्था तथा सुशासन समितिबाट पास भइसकेको विधेयक संसद्मा पेश गर्ने तयारी भइरहेको छ।

प्रकाशित :२०८२ जेष्ठ २७, सोमबार १२:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry