मालेबाट राजनीति,एमालेमा योगदान,समाजवादीबाट श्रम मन्त्री

नवनियुक्त श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवर अछामबाट लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनका एक सकृय नेता हुन । नेकपा एकीकृत समाजवादीको केन्द्रिय सदस्य, संगठन बिभागको सदस्यका साथै सुदुरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष रहेका मन्त्री कुँवर अछाम जिल्लाको चौरपाटी गाउँ पालिका वडा नम्बर ४ साविक पायल गाविस बडा नम्बर ५ मा स्व कर्ण सिंह कुँवर र बसुन्धरा कुँवरको कान्छो सन्तानको रूपमा २०२३ साल भाद्र ६ गते जन्मेका हुन् ।

Advertisement 1

पाँच दाजुभाइ र तीन दिदिमा कान्छो सन्तानका रुपमा जन्मेका कुँवरले २०५२ साल माघ ११ गते अनेरास्ववियु अछामका महिला नेत्री धुर्बा खड्कासंग विवाह गरेका थिए । धुर्बा हाल समाजवादीको सुदूरपश्चिम प्रदेश कमिटीको सदस्य छिन् । कुँवरका एक छोरी र एक छोरा छन् मन्त्री कुँवर यसअघि राष्ट्रियसभाका सदस्य थिए । उनको चार वर्षे कार्यकाल गत वर्ष २० फागुनमा सकिएको थियो । त्यसअघि उनी एकीकृत समाजवादीको राष्ट्रियसभा तर्फका प्रमुख सचेतक समेत थिए ।

महेन्द्र मोरङ क्याम्पस बिराटनगर अध्यन गर्ने क्रममा कुँवर २०३८ सालदेखि नेकपा मालेको बिद्यार्थी सङ्गठन अनेरास्ववियूमा आबद्ध भएर सकृय राजनीतिमा लागेका थिए । बिराटनगरबाट काठमाडौ आएर शंकरदेव क्याम्पसमा बि कममा भर्ना भएका थिए ।

Advertisement 2

विधार्थी संगठनमार्फत राजधानीमा प्रत्यक्ष राजनीतिमा सकृय कुँवर २०४६ सालको जनआन्दोलनमा परिचालन एक्सन कमिटीमा रहेर काम गर्दा पटक पटक गिरफ्तार परेका थिए ।
राजधानी केन्द्रिय राजनीतिबाट गृह जिल्ला अछाम फर्केपछि ०४७ साल अछाममा अनेरास्ववियुको दोस्रो जिल्ला अधिबेशनबाट कुँवर कमिटीको अध्यक्ष बन्न सफल भएका थिए । ०४९ सालमा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य बनेका कुँवर २०४९ को स्थानीय निकायको निर्वाचनमा जिल्ला बिकास समिति अछामको उपसभापतिको पदमा निर्वाचन लडेका थिए ।
अछाममा नेकपा एमालेको कुशल सङ्गठन निर्माताका रुपमा चिरपरिचित मन्त्री कुँवर र एमालेका पूर्व उपाध्यक्ष भीम रावलको एउटै निर्वाचन क्षेत्र नम्बर १ पर्दछ । मन्त्री कुँवरले तीन पटकसम्म एमाले अछामको नेतृत्व गरेका थिए ।
सं‌टकालको बेला अछाम जिल्लाको सदरमुकाम मंगलसैनमा रहेर राजनीतिक तथा सामाजिक नेतृत्व दिएर तत्कालीन पार्टी एमालेको संगठनलाई जोगाएका कुँवरले देशैभर एमाले ओरालो लागेको समयमा विसं २०६४ सालको पहिलो संविधानसभा चुनावमा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ विजयी भएका थिए । त्यसबेला भीम रावल समानुपातिकबाट सांसद चुनिएका थिए । मन्त्री कुँवर २०७४ मा राष्ट्रिय सभा सदस्य बनेका हुन्।

कलिलो उमेरमै बाम राजनीतिबाट प्रभावित कुँवर इमानदारीता र निष्ठाको राजनीति गर्दा एक दिन पक्कै सफलता मिल्ने कुरामा बिश्वास गर्छन् । विचारमा दृढता व्यबहारमा लचिलो हुने कुरालाई जोड दिदै आएका कुँवरले राजनीति पेशा नभएर एउटा समाजसेवा भएको भन्दै प्राप्त जिम्मेवारीलाई स्वभाबिक रुपमा लिने गर्दछन् ।

Advertisement 3

समाजवादीले आफ्ना मन्त्रीहरु फिर्ता बोलाएर कुँवरसहित अन्य तीनजना मन्त्रीहरुलाई नयां मन्त्रीमा सिफारीस गरेके थियो ।

प्रकाशित :२०७९ असार १३, सोमबार १३:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry