उदयपुरमा पाउरोटी फ्याक्ट्रीलाई १० हजार जरिवाना

उदयपुर। त्रियुगा नगरपालिका–५ देउरीमा सञ्चालित एक उद्योगलाई मापदण्डविपरीतका गतिविधि गरेको भन्दै स्थानीय प्रशानले जरिवाना गरेको छ।

Advertisement 1

जिल्ला प्रशासन कार्यलयले गुणस्तरहीन पाउरोटी उत्पादन गरेको कसुरमा उदयपुर बेकरीलाई रु १० दश हजार जरिवाना गरेको हो।

उद्योगमा सधैँ सरसफाइ कायम राख्न र गुणस्तरयुक्त वस्तुमात्र उत्पादनमा प्रयोग गर्न निर्देशन दिँदै जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको अनुगमन टोलीले नसिहतसहित उक्त रकम जरिवाना गराएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए।

प्रकाशित :२०८२ जेष्ठ २४, शुक्रबार ११:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry