माग सम्बोधन नभए आन्दोलन निरन्तर गर्ने संयुक्त ट्रेड युनियनको अडान

काठमाडौं। निजामती सेवामा संघीय ऐन ल्याउनुपर्ने माग गर्दै संयुक्त ट्रेड युनियन सञ्जालले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ। मंगलबार बसेको ट्रेड युनियनको बैठकले संसद् भवन पश्चिम गेटमा सुरु भएको धर्नालाई जेठ २३ सम्म विस्तार गर्ने निर्णय गरेको छ।

Advertisement 1

साथै देशभरका कर्मचारीलाई कालो पट्टीसहित कार्यालयमा उपस्थित हुन आह्वान गरिएको छ। सरकारसँग संवादको प्रयास जारी राख्दै माग सम्बोधन नभए थप कडा आन्दोलनमा जाने संयुक्त ट्रेड युनियन सञ्जालले जनाएको छ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिबाट पारित संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा रहेका केही प्रावधान कर्मचारीमैत्री नरहेको भन्दै उनीहरूले मन्त्रालयमा धर्ना दिँदै आएका छन् ।

Advertisement 2


यस्ता छन् माग
उनीहरूले सेवा अवधि भएको कर्मचारीलाई १ तह वृद्धि गर्ने समय ७ वर्ष नभई ५ वर्ष राख्नुपर्ने, सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई १ पटकका लागि समायोजनका लागि छनौटको अवसर दिनुपर्ने जस्ता माग राखेका छन् ।

जसमा स्थानीय र प्रदेशमा रहेका कर्मचारीका लागि अन्तर प्रदेश सरुवाको व्यवस्था हुनुपर्ने, तीनै तहका कर्मचारीलाई निजामतीको परिभाषाभित्र समेट्नुपर्ने माग उनीहरूको रहेको छ ।

Advertisement 3

 

प्रकाशित :२०८२ जेष्ठ २२, बुधबार १३:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry