रमण कन्स्ट्रक्सनका सञ्चालक पक्राउ

काठमाडौँ । रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ परेका छन्। पवनलाई ठगीको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीले बताएकाछन् । पवनसँगै उनका बाबु बलराम महतोविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
Advertisement 1
रेग्मीका अनुसार उनीहरुविरुद्ध सन्तोष यादवले धनुषा प्रहरीमा उजुरी दिएका थिए। यादव पनि ठेक्कापट्टा व्यवसाय गर्दै आएका छन् । उनीहरू मिलेर ठेक्कापट्टाको काम गर्दै आएकोमा पछिल्लो समय भने विवाद आएको थियो ।
काठमाडौँबाट पक्राउ परेका महतोलाई धनुषा लगिएको छ।
प्रकाशित :२०८२ जेष्ठ २२, बुधबार १३:१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%