सुनील पौडेलविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलविरुद्ध भ्रष्टाचार अर्को मुद्दा दायर गरेको छ।
Advertisement 1
आयोगले केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश पोखरेलसहित ५ जना र एक कम्पनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगले आर्थिक वर्ष ०७५/७६ मा केन्द्रबाट गरिएका खरिद कार्यमा पौने ६ करोड नोक्सान पु¥याउने काम गरेको आरोपसहित मुद्दा दायर गरेको हो।
Advertisement 2
केन्द्रले २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ ३३ पैसा लागत अनुमानको बोलपत्रमा मिलेमतोमा काम गरेको आयोगको आरोप छ।
प्रकाशित :२०८२ जेष्ठ ६, सोमबार १४:४४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%