६ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँका दरले बढेको हो।
Advertisement 1
सोमबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकिएको छ। आइतबार सुनको कारोबार प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँका दरले भएको थियो।
त्यस्तै सोमबार चाँदीको मूल्य यथावत रहेको महासंघले जानकारी दिएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १९ सय ४५ रुपैयाँ रहेको थियो।
प्रकाशित :२०८२ जेष्ठ ६, सोमबार १०:५६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%