प्रचण्ड र अर्थमन्त्री पौडेलबीच भेट

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ।

Advertisement 1

अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उनीहरु बीच आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको बताइएको छ। यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नर नियुक्ति प्रक्रियामा सत्तासाझेर दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग असहमत छन्।

गभर्नर नियुक्तिकै लागि देउवालाई चिडाउन ओलीले आफू र आफ्ना पार्टीका मन्त्रीसँग प्रचण्डको सम्बन्ध राम्रो रहेको देखाउन खोजिरहेका छन्। सोही सन्दर्भमा मन्त्री पौडेलसँग पनि भेट गरिएको बुझिएको छ।

प्रकाशित :२०८२ बैशाख २३, मंगलवार १०:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry