हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती, ५ वैशाखः हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ। उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मंगलबारदेखि सिमेन्ट उत्पादनका गर्न चुनढुंगा तयार पार्न थालिएको छ।
Advertisement 1
उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अुनसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ। अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखिएको उनले बताए।
विसं २०३३ मा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्ने उनको भनाइ छ।
Advertisement 2
नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव भएको दुखेसो गर्दै उनले उद्योगका समस्या समाधानमा सरकारले सघाउने आशा रहेको बताए।
									
										प्रकाशित  :२०८२ बैशाख ५, शुक्रबार ११:१२																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

