सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं। सुनको मूल्यमा सामान्य गिरावट आएको छ। बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेर प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुन आज तोलामा रू आठ सय घटेको छ।
Advertisement 1
आज सुन प्रतितोला रू एक लाख ८९ हजार छ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, चाँदी रू एक हजार नौ सय ६० मा किनबेच हुनेछ।
यो मूल्य आज पनि स्थिर रह्यो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
									
										प्रकाशित  :२०८२ बैशाख ५, शुक्रबार १०:५४																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            
 
                            

