सोमबार स्थिर सुनको मूल्य, लगातार ३ दिन एउटै मूल्यमा कारोबार

काठमाडौं। नेपाली बजारमा सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार, त्यसपछिको आइतबार र सोमबार सुनको कारोबार एउटै मूल्यमा भइरहेको हो।
Advertisement 1
सोमबारका लागि सुनको मूल्य १ लाख ६८ हजार १ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। गत शुक्रबार र आइतबार पनि सुनको कारोबार सोही मूल्यमा भएको थियो।
त्यस्तै चाँदीको मूल्य पनि सोमबार प्रतितोला १९ सय १५ रुपैयाँ तोकिएको छ। शुक्रबारदेखि चाँदीको कारोबार पनि सोही मूल्यमा भइरहेको महासंघले जानकारी दिएको छ।
प्रकाशित :२०८१ फाल्गुन १९, सोमबार १०:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%