२२ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य २२ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको हो।

Advertisement 1

शुक्रबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ तोकिएको छ। बिहीबार सुनको कारोबार प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा भएको थियो।

बिहीबार प्रतितोला १९ सय ४५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य शुक्रबारका लागि प्रतितोला १९ सय १५ रुपैयाँ तोकिएको छ।

प्रकाशित :२०८१ फाल्गुन १६, शुक्रबार १०:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम