२ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य २ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो।
Advertisement 1
बिहीबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। बुधबार सुनको कारोबार प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँका दरले भएको थियो।
त्यस्तै बुधबार प्रतितोला १९ सय ४० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बिहीबारका लागि प्रतितोला १९ सय ४५ रुपैयाँ तोकिएको छ।
प्रकाशित :२०८१ फाल्गुन १५, बिहीबार १०:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%