सुनको मूल्य उच्च, कार्तिक १५ कै मूल्यमा

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। बुधबारको तुलनामा बिहीबार सुनको मूल्य ६ सय रुपैयाँले बढेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ तोकिएको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ रहेको थियो।
बिहीबारका लागि तोकिएको सुनको उक्त मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि गत कार्तिक १५ मा १ लाख ७१ हजार रुपैयाँकै उच्च मूल्यका दरले प्रतितोलाका दरले सुनको कारोबार भएको थियो।
Advertisement 2
त्यसपछि मंसिर दोस्रो साता सरकारले सुनको भन्सार घटाएपछि मूल्य १ लाख ५० हजार रुपैयाँ हाराहारीमा झरेको थियो। त्यसयता सुनको मूल्य बिहीबार उच्च मूल्यमा पुगेको हो।
त्यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १९ सय ८५ रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बिहीबार प्रतितोला १९ सय ९५ रुपैयाँ तोकिएको छ।