उपसचिवस्तरको परीक्षामा अनुचित काम गरेपछि लोक सेवाले गर्यो कारबाही

काठमाडौं। लोक सेवा आयोगको परीक्षामा अनुचित कार्य गर्ने एक जना परीक्षार्थीलाई आयोगले कारबाही गरेको छ।
Advertisement 1
आयोगले मंगलबार निर्णय गर्दै सुरज अर्याल नामका परीक्षार्थीलाई चालू आर्थिक वर्षमा आयोगबाट हुने कुनै पनि विज्ञापनमा सहभागी हुन नपाउने गरी कारबाही गरेको हो।
यही माघ ८ गते उपसचिव सरहको अप्राविधिक पदको परीक्षामा नुवाकोटका अर्यालले परीक्षामा कानुन विपरितको कार्य गरेकाले कुनै पनि परीक्षामा सहभागी नगराउने निर्णय गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
Advertisement 2
प्रकाशित :२०८१ माघ १६, बुधबार ११:३६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%