सलोनको लगानीमा बन्यो ‘रङ्गी’

काठमाडौ। बाल कलाकार हुँदै अभिनय यात्राको सुरुआत गरेका अभिनेता सलोन बस्नेतले चलचित्र निर्माण गरेका छन्। पहिलो चलचित्र ‘रङ्गी’ को प्रचारप्रसारका क्रममा अभिनेता बस्नेतले चलचित्र निर्माण गर्ने आफ्नो सपना पूरा भएको बताए।
Advertisement 1
‘म चलचित्रकै माध्यमले चिनिए, बाल कलाकारदेखि नै चलचित्र कर्ममै छु,’ उनले भने, ‘मलाई मन परेको कथामा चलचित्र बनाउने सपना थियो, त्यो पूरा भएको छ, चलचित्र क्षेत्रमा यो मेरो नयाँ यात्राको सुरुआत हो।’
हालै सार्वजनिक गरिएको ‘छ भने माया’ गीतको श्रव्यदृश्यमा अभिनेता बस्नेतसँगै दिलीप रायमाझी, नव अभिनेत्री नम्रता श्रेष्ठ, बाल कलाकार आयुषी ढकालले नृत्य गरेका छन्। गीतमा तीन पुस्ताको सहभागिताले सुन्दरता थपेको उनले बताए।
									
										प्रकाशित  :२०८१ माघ १३, आईतवार १४:०९																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

