महालक्ष्मी विकास बैंक ‘बिजचित्र फोटोग्राफी’ दोस्रो संस्करणको पुरस्कार वितरण

काठमाडौं। महालक्ष्मी विकास बैंक ‘बिजचित्र फोटोग्राफी’ दोस्रो संस्करणको पुरस्कार वितरण गरिएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै बैंकले प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको हो।

Advertisement 1

बैंकले अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा सुवास श्रेष्ठ प्रथम, शौरभ बज्राचार्य दोस्रो र पारस राज बर्जाचार्यले तेस्रो स्थानको पुरस्कार पाएका हुन्।

उनीहरुलाई प्रमाणपत्रसहति नगद क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ दिइएको बैंकले जानकारी दिएको छ। बैंकका अनुसार पब्लिक च्वाईसमा सबैभन्दा बढी भोट प्राप्त गरी घनश्याम श्रेष्ठले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएका छन्।

Advertisement 2

उनले प्रमाणपत्रको साथै ५ हजार रुपैयाँ प्राप्त गरे। यसका साथै पुरस्कार वितरण कार्यक्रममा बैंकको तर्फबाट उत्कृष्ट १५ फोटोग्राफरहरूलाई प्रमाणपत्र प्रदान गरिएको छ।

उक्त प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने फोटोहरु खिचेर पठाउनुपर्ने नियमअनुसार विभिन्न फोटोग्राफरहरूमार्फत बैंकले फोटो माग गरेको थियो।

Advertisement 3

यस्ता कार्यहरुबाट स्थानीय व्यवसाय, उद्यमशिलता, स्थानीय कलाको प्रबद्र्धन तथा प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

प्रकाशित :२०८१ माघ १०, बिहीबार १६:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry