८ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आइतबार सुनको मूल्य घटेको हो।
Advertisement 1
आइतबारका लागि महासंघले सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ तोकेको छ। शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ५७ हजार ९ सय रुपैयाँका दरले भएको थियो।
त्यस्तै आइतबारका लागि चाँदीको मूल्य पनि घटाइएको महासंघले जानकारी दिएको छ।
Advertisement 2
शुक्रबार प्रतितोला १८ सय ९० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि प्रतितोला १८ सय ६० रुपैयाँ तोकिएको छ।
प्रकाशित :२०८१ माघ ६, आईतवार १०:४७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%