गरिमा विकास बैंकको ५ प्रतिशत नगद लाभांश पारित
काठमाडौं। गरिमा विकास बैंकको सेयर धनीहरुलाई ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिएको छ। बैंकको १८औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो। साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको बताएको छ।
Advertisement 1
‘बैंकले आव २०८०÷८१ को वार्षिक प्रतिवेदन सहित सेयरधनीहरुलाई वितरण प्रस्ताव गरेको ५ प्रतिशत (कर सहित)को नगद लाभांस सर्वसम्मत पारित गरेको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।
त्यस्तै साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक सेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक दिलिपप्रताप खाँड, श्यामप्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ साथै सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला सर्वसम्मतीबाट निर्वाचित गर्ने निर्णय गरेको छ।
Advertisement 2
साधारणसभा पछि बसेको सञ्चालकहरुको बैठकले दिलिपप्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत मनोनित गर्ने निर्णय गरेको छ। हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ रहेको छ। साधारणसभाले पारित गरेको लाभांस २०८१ पुस १७ गतेसम्म कायम रहेका विकास बैंकका सेयरधनीहरुले नगद लाभांस प्राप्त गर्नेछन्।