हुम्लामा हिमपात, जनजीवन प्रभावित

सोमबार रातिदेखि हिमपात भएपछि मङ्गलबार बिहान हिँउले ढाकिएको हुम्ला सदरमुकाम सिमकोट र आसपासको क्षेत्र । तस्बिर : दाने बोहरा / रासस

सिमकोट। हुम्लामा हिमपात भएको छ। सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो। प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए।

Advertisement 1

यहाँ दुई इञ्चसम्म बाक्लो हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ। जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ। चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए।

जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायत गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ। सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ। जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको जनाइएको छ।

Advertisement 2

हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरे।

प्रकाशित :२०८१ पुष ९ गते, मंगलबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]