प्रधानन्यायाधीशमा राउत नियुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका छन्।

Advertisement 1

राष्ट्रपतिले आज नेपालको संविधानको धारा १२९को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश राउतलाई नेपालको प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्। संसदीय सुनुवाइ समितिले यही असोज १६ गते प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम सर्वसम्मत अनुमोदन गरेको थियो।

संवैधानिक परिषद्को गत भदौ ३१ गत बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो।

Advertisement 2

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि यही असोज १९ गते सकिएपछि आज २० गते राष्ट्रपतिले राउनतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्।

प्रकाशित :२०८१ असोज २० गते, आइतबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]