पर्साका सरकारी कार्यालयको खर्च ५२ प्रतिशत

वीरगञ्ज। मधेश–प्रदेश सरकार मातहतका पर्साका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजित बजेटको ५२।३४ प्रतिशत खर्च गरेका छन्।

Advertisement 1

मधेश प्रदेश सरकारले गत आवमा प्रदेश सरकार मातहतका १६ वटा सरकारी कार्यालय र १४ वटा स्थानीय तहका लागि ४ अर्ब ५१ करोड ४३ लाख ९५ हजार ९ सय ३८ विनियोजन गरेको थियो। तर, सरकारी कार्यालयले कुल विनियोजित बजेटमध्ये २ अर्ब ३६ करोड २६ लाख २९ हजार तीन सय ७६ मात्र खर्च गरेका छन्।

पर्साका सरकारी कार्यालयले गत आवमा विनियोजित बजेटको ६३।४३ प्रतिशत अर्थात ७६ करोड ९५ लाख ८२ हजार चार सय २ रुपैयाँ चालु खर्च गरेका छन्।

Advertisement 2

पर्साका सरकारी कार्यालयले गत आवमा विनियोजित पुँजीगत खर्चको ४८ दशमलव २६ प्रतिशत अर्थात एक रु अर्ब ५९ करोड ३० लाख ४६ हजार नौ सय ७४ खर्च गरेका छन्।

प्रदेश लेखा इकाई कार्यालय वीरगञ्जका प्रदेश कोष नियन्त्रक श्यामउदय ठाकुरले गत आवमा प्रदेश मातहत पर्साका सरकारी कार्यालयले विनियोजित बजेटको ५२ दशमलव ३४ प्रतिशत मात्रै खर्च गरेको बताए।

प्रकाशित :२०८१ भाद्र ६, बिहीबार १६:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry