आफ्नै कर्मचारी लिएर पोखरा उड्दै गरेको सौर्य एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं। मर्मतका लागि पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको छ।
Advertisement 1
बुधबार बिहान करिब ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक)बाट पोखराका लागि उड्न लागेको विमान दुर्घटनामा परेको हो। विमानमा एयरलाइन्सका आफ्नै कर्मचारी रहेका थिए।
चालकसहित १९ जना यात्रु रहेकामा चालकको उद्धार गरी सिनामंगलस्थित एक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबाट विमान जलेको छ भने मानवीय क्षतिसमेत भएको छ।
Advertisement 2
उक्त विमान मर्मतसम्भार तथा मेकानिकल परीक्षणका लागि पोखरा उडन् लागेको बताइए पनि एयरलाइन्स र नागरिक उड्डयन प्राधिकरणले औपचारिक जानकारी गराएका छैनन्।
विमानमा सर्वसाधारण यात्रु नरहे पनि एयरलाइन्सकै इन्जिनियर र प्राविधिक रहेको प्रारम्भिक विवरणहरु आएका छन्।
प्रकाशित :२०८१ श्रावण ९, बुधबार १२:३३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%