नारायणघाटमा नयाँ एनसेल सेन्टर सञ्चालनमा

काठमाडौं। एनसेल आजियाटा लिमिटेडले चितवनको नारायणघाटमा नयाँ एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ। ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यले लायन्स चोक (होटल रेड कार्पेट भवन), नारायणघाटमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको हो।
Advertisement 1
एनसेलका चीफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले एक कार्यक्रममाझ नयाँ एनसेल सेन्टरको उद्घाटन गरेका थिए। यो सेन्टरबाट ग्राहकहरुले सबै किसिमका सेवा पाउने एनसेलले जानकारी दिएको छ।
आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा थीम ‘हामी तपाईकै लागि’ अनुरुप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाकाबारे सोधपुछ गर्न, सिमखरिद गर्न, इन्टरनेट सेटिङको जानकारीलगायत सेवाहरु समेत लिन सक्ने कम्पनीले जानकारी दिएको छ।
Advertisement 2
यसैगरी ग्राहकले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ईसिममा अपग्रेड गर्न, सीयुजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिजप्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका सेवा पाउने कम्पनीको भनाइ छ।