बादलसहित एमाले प्रवेश गरेका नेतालाई कारवाही गर्ने माओवादी केन्द्रको तयारी
आइतबार सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने रामबहादुर थापा बादलसहितका नेताहरुलाई कारबाही गर्ने भएको छ ।
Advertisement 1
केन्द्रीय कमिटी बैठकमा पार्टी अनुशासन उल्लंघन गर्नेलाई कारबाही गर्नेसम्बन्धी प्रस्ताव पेश भएको छ । माओवादी केन्द्र ब्यूँतिए पछि पहिलो पटक बसेको बैठकमा पार्टी अनुशासनको कार्बाहीबारे छुट्टै बुँदामा प्रस्ताव राखिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । स्थायी कमिटीको शनिवारको बैठकले एमालेमा लागेका गृहमन्त्री रामबहादुर थापा बादल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग मन्त्री लेखराज भट्ट, खानेपानी मन्त्री मणि थापा, खेलकुद मन्त्री दावा तामाङ, श्रम मन्त्री गौरीशंकर चौधरी लगायत एमालेका केन्द्रीय सदस्य मनोनित भएका २३ जनालाई २४ घण्टे स्पष्टिकरण सोध्न निर्णय गरेको थियो। उक्त निर्णयअनुसार पार्टीले आज कारवाहीको निर्णय गर्ने साहले जानकारी दिए।
ुहिजै बैठकमा एजेण्डा अघि बढिसकेको छ। आजको बैठकले थप निर्णय गर्छ,ु उनले भने। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटीको शुक्रवार बालुवाटारमा बसेको बैठकले माओवादी केन्द्रका नेतालाई एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेको थियो। उक्त निर्णयसँगै एमालेमा विवाद चर्किएको छ भने माओवादी केन्द्रले पनि एमाले प्रवेश गरेकालाई कारवाहीको तयारी गरेको छ। सरकारमा सामेल बादल सहितका मन्त्रीले सांसद पद गए पनि एमालेको ओली समूहलाई नै साथ दिने निर्णय गरिसकेको छ।