स्कुलको शौचालय आफैं सफा गर्ने हेडमास्टर

सुन्दा आश्चर्य लाग्न सक्छ कि प्रधानाध्यापकले विद्यालयको शौचालय सफा गर्छन् भन्दा त्यसमा पनि दैनिक दुई पटक।

Advertisement 1

पंशग रहेको छ ग्रामथान–२ को रवि आधारभूत विद्यालयका प्रधानाध्यापक जितेन्द्र सरदारको । विद्यालयको शौचालय व्यावसायिक रुपमा सफा गर्नेले भन्दा राम्रो प्रधानाध्यापक सरदारले सफाइ गर्दै आएका छन्। उनलाइै धेरैले शौचालय सफाइ गर्ने प्रधानाध्यापक पनि भन्ने गरेका छन्। यसमा उनलाई गर्व छ।

शुरु–शुरुका दिनमा उनलाई अरु विद्यालयका शिक्षक–प्रधानाध्यापकहरुले गाली पनि गरे– तपाईंका कारण हाम्रो पनि बदनाम हुने भयो भनेर। प्रअ सरदारले भने, ‘प्रधानाध्यापक भएर पनि शौचालय सफा गर्दै हिँड्ने हो भनेर पनि साथीहरुले भन्नुभयो।’

Advertisement 2

विद्यालयको आम्दानीको स्रोत नभएको र प्रधानाध्यापकले नै काम शुरु गरेपछि शौचालय सफाइमा सबैलाई उत्प्रेरणा हुने भएकाले शौचालय सफाइको निर्णय गरेको उनले बताए। दलित समुदायका विद्यार्थी अध्ययन गर्ने र दलित समुदायभित्र विद्यालय भएकाले पनि आफूले शौचालय सफाइ गरी दलितभित्रको हिनताबोध हटाउने काम गरेको प्रअ सरदारले बताए। उनी भन्छन्, ‘पहिले मलाई गाली गर्नेहरु अहिले ठिकै गर्नुभएको रहेछ भन्ने गरेका छन्।’ प्रधानाध्यापक समाजको रोल मोडल पनि भएको उनले बताए।

प्रकाशित :२०७७ फाल्गुन २३, आईतवार ०९:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry