कर्मचारीका बीचमा मन्त्री कालोनिलो

बाबुराम,प्रचण्ड हुँदै क्याम्प परिवर्तन गरी ओली क्याम्पमा प्रवेश गरेर मन्त्री  पड्काएका टोपबहादुर रायमाझीले केपी ओलीको कदम गलत भएको बताएका छन् । हिजो राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री रायमाझीले यस्तो बताएका हुन् ।
राजधानीको जिसस हलमा आयोजित नेपाल निजामती कर्मचारी संगठनको उपत्यका प्रदेश कार्यसमितिको अन्तरक्रिया कार्यक्रमथ्यो । सो कार्यक्रममा ओली समूह र प्रचण्ड माधव दुबै समूहका कर्मचारीहरु उपस्थित थिए कारण अहिले यो संगठन विभाजन भइसकेको छैन् । त्यहाँ माधव नेपाल प्रचण्ड गुटका आरसी अधिकारी,रेवन्त गौतम,भवानी खतिवडा,जीवनभण्डारीहरु उपस्थित थिए । झण्डै दुई सय हाराहारीमा कर्मचारीहरु रहेको हलमा प्रमुख अतिथीको रुपमा आमन्त्रण गरिएका मन्त्री रायमाझी ।
Advertisement 1

रायमाझीले ओली निकट कर्मचारीहरुको मात्र संगठन होला भन्ने ठानेर सम्बोधनको सुरुवातमै लड्डु खाएको प्रसंग निकाले ।त्यतिले मात्र उनी रोकिएनन् सडकमा “हामी यहाँ छौं ” भनेर लेखिएको प्लेट कार्ड बोकेर प्रचण्ड र माधव नेपालहरु धर्ना बसेको प्रंसग जोडे । मन्त्री रायमाझी जति- जति प्रचण्ड माधव नेपाल समूहको खिलाफमा बोल्थें हलमा उतिधेरै हुटिङ हुन्थ्यो । कर्मचारीको कार्यक्रममा राजनीतिक भाषण र छेडखानी भएको नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारीलाई चित्त बुझेन् ।
यसरी मन्त्री उफ्रि उफ्रि नेताहरुको खिलाफमा बोलिरहेको र त्यहाँ चर्काे हुटिङ भइरहँदा बीचमै भण्डारी उठेर मन्त्रीको प्रतिवाद गरे ।‘मन्त्रीज्यू के बोल्दै हुनुहुन्छ, यहाँ लड्डु खानेहरु पनि छन्, खुवाउनेहरु पनि छन्, कर्मचारीको कार्यक्रममा कर्मचारीसँग सम्बन्धित बिषयमा मात्र कुरा गर्नुस् ।भण्डारीले बीचमै यसरी प्रतिवाद गरेपछि मन्त्री रायमाझी कालोनिलो भए । त्यहाँ स्थितीले अर्कै रुप लियो । ओली समूहका कर्मचारीहरुको बाहुल्यताथ्यो त्यहाँ । उनीमाथि ओली समूहका कर्मचारीहरु जाइलाग्न उठे । संगठनका ओली समर्थक युवाचन्द्र घिमिरे, इश्वर ओझा, देवेन्द्र ढकालहरु मन्त्रीको सम्बोधनको प्रतिवाद गर्ने जीवन भण्डारीमाथि आक्रमण गर्न दौडिए । भण्डारीले भने एक एक गरी आउनुस,सबैसँग भिड्छु ।
Advertisement 2
उता प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएका मन्त्री रायमाझीले चाहिँ,भाइ भाइ भन्दै उनलाई शान्त बनाउन लागे । त्यहाँ सहभागी एक कर्मचारीका अनुसार झण्डै दुई मिनेट जति हंगामा मच्चियो । अन्तमा मन्त्री रायमाझी यूर्टन भए । म माधव नेपाल प्रचण्डलाई मात्र गाली गरिरहेको छैन् । ओलीले पनि गल्ती गर्नुभएको हो,मन्त्री रायमाझीले भने,_‘उहाँले भनेको कुरा सही हो । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा बिघटन गर्ने कदम गलत नै थियो, गलतलाई गलत नै भन्नुपर्छ । उहाँले ठीक भन्नुभएको छ । म त ओली समर्थक मात्र हुनुहोला भनेर तपाईहरुको लागि बोलेको थिएँ । तर संगठन फुटेको रहेनछ, नफुट्नुस्, जुट्नुस्, तपाईहरु सही हुनुहुन्छ । ओलीको कदम गलत छ ।’
कार्यक्रम समापन भएपछि ओली निकट संगठनका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले पाहुनालाई बोलाएर अपमान गर्नुहुन्नथ्यो । बीचमै रोक्नहुन्थ्यो भन्न भ्याए ।


								





 
                            
 
                            
 
                            
 
                            

