सशस्त्र प्रहरी निरीक्षकको नतिजा सार्वजनिक, ५६ जना छनोट

लोक सेवा आयोग, केन्द्रीय कार्यालय, कमलपोखरीले सशस्त्र प्रहरी बल नेपालको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले सशस्त्र प्रहरी निरीक्षकको नतिजा सार्वजनिक गरेको हो ।

Advertisement 1

सम्मिलित उम्मेदवारहरु मध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्बर तथा नाम थर भएका उम्मेदवारहरु उत्तीर्ण भएकाले परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएका हुन् । जसमध्य अच्युत सुवेदी, अजय ठाकुर बरही, अजय श्रीमाल, अन्जना पाख्रिन, अन्जल बिष्ट, अमृत घिमिरे, अरुण जंग क्षेत्री, आशिष काफ्ले, कमल कार्की, कमल बि.क., करण कुमार कुशवाहा, किरण लामा, खम्मराज भण्डारी, गणेश खत्री, गोपाल सुनारी, गोविन्द कुमार सिंह, गोविन्द प्रसाद शिवाकोटी, जगनाथ पौडेल, जनक पौडेल, ज्योतिष मिश्र, दिपेन्द्र कट्वाल, दिपेश के.सी., नरेश राना, नरेश लिम्बु, निरज महत, निरु मगर, पर्वतराज खड्का, पलक सिंह राठोर, प्रदिप राउत, प्रेमराज रावल, बद्री धरेल, वारा तामाङ, बालाराम गिरी, बासुदेव मिश्र, बिबेक महतारा, भुवन ढकाल, मनोज के.सी., महेश थापा, रमन बुढाथोकी, रमेश जोशी, राजकुमार बस्नेत, राम खड्का, विजय बोगटी, विवेक जोशी, विवेक ढुङ्गेल, शाल खनाल, विशाल मिश्र, विष्णु कुमार बोहोरा, समिल मगर, सरोज खतिवडा, साजन श्रेष्ठ, सीता महतारा, सुजन पोख्रेल, सुदर्शन राज खड्का, सुरेन्द्र बहादुर मल्ल र हिमाल बोहोरा छनोट भएका छन् ।

सामूहिक परीक्षण र अन्तर्वार्ताको लागि छनौट भएका उम्मेदवारहरुले पासपोर्ट साइजको फोटो २ प्रति, आवश्यक न्यूनतम योग्यता एकीन हुने सम्पूर्ण प्रमाणपत्रतथा अन्य आवश्यक कागजातहरु र दरखास्त फारामको प्रथम र तृतीय पाना २÷२ प्रति भरी यो सूचना प्रकाशन भएको मितिले सात दिन भित्र यस आयोगको दरखास्तव्यवस्थापन केन्द्र, कमलपोखरीमा उक्त प्रमाणपत्रहरुको प्रतिलिपि उम्मेदवार आफैले प्रमाणित गरी रुजु गराउनु पर्नेछ ।

Advertisement 2

आवश्यक न्यूनतम योग्यता तथा अन्य आवश्यककागजातको प्रमाणपत्रहरु नपुर्याएमा जुनसुकै बखत दरखास्त रद्द हुनेछ । छनौट भएका उम्मेदवारहरुले अन्तर्वार्ता दिन आउँदा माथि उल्लेखित सक्कल कागजात र प्रवेशपत्रलिई एक घण्टा अगावै आयोगको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य उपस्थित हुनुपर्नेछ । सामूहिक परीक्षण र अन्तर्वार्ताका दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत् सञ्चालन हुनेछ ।

3-4_merged
प्रकाशित :२०८० जेष्ठ ८, सोमबार ०९:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry