नेपाल लाइफ क्यापिटल लिमिटेडको सिईयोमा मनिष घिमिरे
काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईयो) मा मनिष घिमिरे नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले घिमिरेलाई चार वर्षको लागि नियुक्त गरेको हो।
Advertisement 1
घिमिरेले नेपाल लाइफ क्यापिटलमा आबद्ध हुनुअघि एनआईसी एशिया क्यापिटल लिमिटेडमा करिब ६ वर्ष काम गरे । जहाँ उनले विभिन्न इन्भेष्टमेन्ट बैंकिङ र मर्चेन्ट बैंकिङ उत्पादनहरू जस्तै पोर्टफोलियो व्यवस्थापन सेवा, म्युचुअल फण्ड, इश्यू म्यानेजमेन्ट र कर्पोरेट एडभाइजरी सेवाहरू सफलतापूर्वक सञ्चालन गरे ।
यसबाहेक उनीसँग सिद्धार्थ क्यापिटल र नबिल इन्भेष्टमेन्टमा ४ वर्षभन्दा बढी काम गरेको अनुभव छ । घिमिरेले काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसुम) बाट डिग्री लिएका छन्।
प्रकाशित :२०८१ जेष्ठ ९, बुधबार १०:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%