गृहसचिव भएलगत्तै पाण्डेले किनेका थिए ३ करोडको घर, पाण्डे र दुलालबीच लामो ‘च्याट’

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनलाई हिजो पक्राउ गरेको हो ।
Advertisement 1
फौजदारी अभियोगमा पक्राउ परेसँग उनी बुधबारदेखि नै निलम्बनमा परेका छन् । प्रहरीले उनलाई ३ दिन हिरासतमा राखेर ठगी र संगठित अपराध मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएको छ । भ्रष्टाचार बाहेकको फौजदारी अभियोगमा नेपाल सरकारको बहालवाला सचिव पक्राउ परेको यो सम्भवतः पहिलो घटना हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई विदेश पठाइदिने आश्वासन दिएर गृहमन्त्रालयमा पेश भएको प्रतिवेदनमा नाम थप्न संलग्न रहेको आरोप पूर्व गृहसचिव समेत रहेका पाण्डेमाथि छ ।
झापा, मोरङ, सुनसरी, दाङ, गोरखा लगायतका जिल्लामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा गत १२ चैतमा मोरङका केशव दुलाल, ललितपुरका सानु भण्डारी र पाँचथरका टेक गुरुङ पक्राउ परेका थिए ।उनीहरुको बयानका आधारमा मंगलबार तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए भने पाण्डे बुधबार पक्राउ परे । पक्राउ परेका सचिव पाण्डे र दुलालको बीचमा ह्वाट्स एपमा लामो कुराकानी भएको भेटिएको छ ।
Advertisement 2
ललितपुर महानगरपालिका–२३ का सानु भण्डारी र दुलालसँग सचिव पाण्डेको राम्रो सम्बन्ध भएको देखिन्छ अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले बताए । दुलाल र पाण्डेको बीचमा भएको लामो कुराकानी गरेको फेला परेपछि प्रहरीले सचिव पाण्डेलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । अनुसन्धानमा संलग्न एक अधिकृतले भने–‘ह्वाट्स एपमा लामो कुराकानी भएको भेटिएको छ ।’ आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
अनुसन्धानका क्रममा पाण्डेले गृहसचिव भएलगत्तै तीन करोड रुपैयाँको घर किनेको खुलेको छ। उक्त घर किन्ने रकम नै भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पीडितहरुबाट उठाएको रकमबाट किनिएको प्रहरीको प्रारम्भिक अनुसन्धान छ।
Advertisement 3


 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                