एक दर्जन बढी सचिवको सरुवा,निर्वाचन आयोगमा अधिकारी

सरकारले एक दर्जनभन्दा बढी सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । आगामी वैशाख १७ र २७ मा निर्वाचनको मिति घोषणा गरिएको छ । सो निर्वाचनलाई प्रभाव पार्ने गरी एक दर्जनबढी सचिवको जिम्मेवारी हेरफेर गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कायलर्य स्रोतका अनुसार गत शुक्रवार वालुटारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निकायमा कार्यरत एक दर्जन बढी सचिवको सरुवा गरेको हो । यसरी सरुवा भएकाहरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव सुरेश अधिकारीको निर्वाचन आयोगमा लगिएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया र सुरेश अधिकारी नातेदार हुन । यस्तै श्रमका सचिव तोयम रायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लगिएको छ । तोयमको स्थानमा हाल सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत सूर्यप्रसाद गौतमलाई पठाइएको छ । यस्तै उद्योग सचिवमा प्रदेश नम्बर १ बाट त्यहाँका प्रमुख सचिव दिनेश भट्टराईलाई तानिएको छ भने वाणिज्य सचिवमा लोकसेवा आयोगका सचिव अर्जुनप्रसाद पोखरेललाई पठाइएको छ । यस्तै लोकसेवा आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तोयनारायण ज्ञवालीलाई लगिएको छ ।

Advertisement 1


सरुवा भएका अन्य सचिवहरुमा युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा खटाइएको छ । यसैगरी राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याललाई भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ । शिक्षा सचिव गोपीनाथ मैनाली, निर्वाचन आयोगकी देवकुमारी गुरागाई तथा भूमिसुधार मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई भने सार्वजनिक खरिद अनुगमन, वित्त आयोग एवं युवा तथा खेलकुद मन्त्रालयमध्येमा सरुवा व्यवस्थापन गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रकाशित :२०७७ फाल्गुन १, शनिबार ०९:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry