सामान्य प्रशासन मन्त्री धनराज गुरुङ,यस्तो छ विगत

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी काँग्रेसले पाएको छ । काँग्रेसले उपसभामुख धनराज गुरुङलाई सामान्य प्रशासन मन्त्रीको रुपमा खटाउने भएको हो । अहिले सामान्य प्रशासन सम्हालिरहेका अमनलाल मोदीलाई उर्जा मन्त्रालयमा पठाएर त्यहाँ धनराजलाई पठाउन तयारी भइरहेको हो ।

Advertisement 1

नेपाली कांग्रेसका त्यस्ता सांसद हुन्, जो विरोधीका विरुद्धमात्र हैन, आफ्ना नेता र पार्टीमा विकसित प्रबृत्तिविरुद्ध बोल्न डराउँदैनन् । ०३६ सालदेखि राजनीतिमा लागेका उनी ०५३ मा नेविसंघ सभापति, ०५४ मा तरुण दलका महामन्त्रीहुँदै स्याङ्जा कांग्रेसका विभिन्न पदमा उनी सक्रिय छन् । एक पटक समानुपातिक सांसद भइसकेका उनी यस पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । अघिल्लो पटक सांसद हुँदा उनी संसदको सार्वजनिक लेखा समितिको सदस्य थिए ।

एनसेलको बहुचर्चित कर घोटाला प्रकरणदेखि  आयल निगमबाट भइरहेको जग्गा खरिद प्रकरणसम्म उनले पार्टी नेताको निर्देशनविपरित भ्रष्टाचारको विरोध गर्दै आएका छन् । राष्ट्रिय राजनीतिमा देखा परेका हरेक विषयमा पार्टीको बन्धनबाट मुक्त हुँदै उनले आफ्ना अभिव्यक्ति निर्वाध पेश गर्ने गरेका छन् । साढे चार दशक उमेर पार भएका उनको जोशचाहिँ नेविसंघ र तरुण दलमा काम गर्दाझैँ देखिन्छ । कांग्रेसको १४औं महाधिवेशनबाट उपसभापति निर्वाचित भएका उनी स्याङ्जाबाट एमाले पार्टीको सचिव पदमा अर्याललाई हराएर निर्वाचित भएका थिए । गुरुङले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्।

प्रकाशित :२०७९ चैत्र १७, शुक्रबार ०६:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry