सगरमाथा र लुम्बिनी इन्स्योरेन्सको एकीकृत कारोबार प्रारम्भ
सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत संयुक्त कारोबार २९ फाल्गुन २०७९ गतेबाट सुरु भएको छ । फाल्गुन २९ गते होटल याक एण्ड एती मा विशेष कार्यक्रमको आयोजना गरी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (SALICO) नामबाट एकीकृत कारोबार सुरु भएको हो ।
Advertisement 1
कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि एवं नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालज्यू, सगरमाथा इन्स्यारेन्स कम्पनी लिमिटेडका अध्यक्ष रामकृष्ण मानन्धर ज्यू र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष श्री मनोहर दास मुलज्यूले पानसमा दीप प्रज्वलन गरी संयुक्त रुपमा गर्नुभएको थियो । साथै दुबै कम्पनी गाभिएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. को संस्थागत लोगो कार्यक्रममा सार्वजनिक गरियो । नवनियुक्त अध्यक्ष मुललाई प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कार्यक्रममा नै प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
कम्पनीको प्रधान कार्यालय नक्साल काठमाण्डौमा पनि विशेष कार्यक्रमको आयोजना गरी धार्मिक विधि अनुसार कम्पनीका नवनियुक्त अध्यक्ष मनोहर दास मुल तथा कार्यकारी अधिकृत चंकी क्षेत्रीबाट विशेष पूजा गरिएको थियो । साथै उक्त कार्यक्रममा दुवै कम्पनीका संचालक तथा कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । २०७९ साल आषाढ ३० गते दुबै कम्पनीहरु मर्जरमा जाने प्रारम्भिक सहमती भएपछि तोकिएको समय भन्दा एक महिना अगाडि नै यी दुई कम्पनीहरुको मर्जर प्रक्रियाले पूर्णता पाएको छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको बारेमा
सगरमाथा इन्स्यारेन्सले २७ वर्षअघि सन् १९९६ मा स्वर्गीय कमलमणी दीक्षितज्यूको अध्यक्षतामा रु. ३ करोड ६ लाख पुँजीसहित काठमाण्डौको त्रिपुरेश्वरबाट आफ्नो यात्रा सुरु गरेको हो । सेवा वृद्विको क्रममा श्रीलंकको सेलिन्को इन्स्योरेन्ससँग साझेदारी गर्दै नेपालको पहिलो वैदेशिक व्यष्लत ख्लभतगचभ ऋयmउबलथ बन्न सफल भएको थियो । वि.सं. २०७२ सालको भुकम्प पश्चात सबैभन्दा धेरै संख्याको बीमा दावी भुक्तानी गर्न सफल भएको सगरमाथा इन्स्योरेन्सले सगरमाथा ख्क्ष्ए यल तजभ कउयत, सगरमाथा आरोग्य बीमा र हात हातमा बीमा मोबाइल एप मार्फत नयाँ सेवाहरुको विकास गरी अन्तर्राष्ट्रिय अवार्डहरु जित्न सफल भएको थियो ।
Advertisement 2
लुम्बिनी जनरल इन्स्यारेन्स कम्पनी लिमिटेडको बारेमा
मिति २०६१ साल पौष ९ गते नेपालका प्रतिष्ठित व्यवसायी, उद्यमी, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरु मिलेर लुम्बिनी जनरल इन्स्यारेन्स कम्पनी लिमिटेडको स्थापना गरिएको हो । यसका संस्थापक अध्यक्ष नेपालका प्रथम गभर्नर स्व. हिमालय शमशेर राणा हुनुहुन्थ्यो । कम्पनीले तत्कालिन बीमा समितिबाट २०६२ साल असार ३१ गते इजाजत प्राप्त गरी व्यवसायिक कारोबार शुरु गरेको हो ।
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित बैंक, वित्तीय संस्थाहरु, उद्यमी तथा व्यवसायीहरु, अटोमोबाइलका डिलरहरु, जलविद्युत प्रवद्र्धक, पर्यटक व्यवसायी, उद्यमी तथा व्यापारीहरु रहेको र बीमा व्यवसायमा लामो समयको अनुभव हासिल गर्नुभएका व्यबस्थापन समूहबाट सञ्चालित कम्पनी हो । वि.सं. २०७२ सालको भुकम्प पश्चात सबैभन्दा पहिला शत्प्रतिशत दावी भुक्तानी गर्ने पहिलोे बीमा कम्पनी हो ।