प्रधानमन्त्री प्रचण्डको मुद्धा विश्वम्भर श्रीमानले हेर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ ।अधिवक्ता ज्ञानेन्द्रराज आरणले दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।
Advertisement 1

सो रिटको सुनुवाईका लागि सर्वाेच्चका न्यायधीश विश्वम्भर श्रेष्ठको एकल इजलाशमा पेसी तोकिएको छ । दुई बर्ष अघि प्रचण्डले सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये ५ हजार जनाको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिको आधारमा प्रचण्डलाई फौजदारी अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न माग रिट निवेदकले गरेका छन् ।
उक्त रिटको इजलास चौथो क्रममा रहेको छ ।
									
										प्रकाशित  :२०७९ फाल्गुन २५, बिहीबार १०:४०																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

 
								

 
										



 
 
                             
 
                             
 
                             
 
                             
 
                            


 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                 
                                