कार्यसम्पादनमा रुकुम(पश्चिम) सर्वोत्कृष्ट

गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रुकुम(पश्चिम) सर्वोत्कृष्ट भएको छ। रुकुम पश्चिम रुकुमले ४१ पूर्णाङ्कमा ४०.८८ अंक पाएको छ । कार्यसम्पादनमा उत्कृष्ट १० जिल्लामा पश्चिम रुकुमसहित पूर्वी रुकुम, प्यूठान, रूपन्देही, पर्वत, पूर्वी नवलपरासी, डडेल्धुरा, दाङ र काठमाडौं छन् । उत्कृष्ट १० जिल्लाले ३९.४४ भन्दा माथि अंक पाएका छन् ।

Advertisement 1

त्यस्तै गृह मन्त्रालयको आन्तरिक कार्यसम्पादन मूल्यांकनकमजोर कार्यसम्पादन सूचीका १० जिल्लामा जाजरकोट, चितवन, बझाङ, सिरहा, दोलखा, पाँचथर, ताप्लेजुङ, पर्सा, सोलुखुम्बु र सर्लाही छन् ।

समितिले शान्ति–सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागूऔषध नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण र विकास निर्माणमा समन्वय तथा आर्थिक प्रशासनसमेत गरी ६८ वटा परिसूचक मूल्यांकनलाई आधार मानी गृह मन्त्रालयले प्रजिअहरूसँग हरेक साउनमा मातहत १ वर्षका कामबारे कार्यसम्पादन करार सम्झौता गर्छ ।

Advertisement 2

CPAS_(079_80)_अर्ध_वार्षिक_नतिजा(1)

 

प्रकाशित :२०७९ फाल्गुन १७, बुधबार ०९:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry