पाँच महिनामै सरकारले पहुँचवालालाई बाँड्यो साढे ५ करोड (विवरणसहित)

एकातिर राज्य आर्थिक रुपमा तन्नम हुँदै गइरहेको छ । लक्ष्य अनुसारको राजश्व उठ्न नसकेपछि चालु बजेटको विभिन्न शीर्षका २० प्रतिशत कटौती गर्न परिपत्र गरिएको छ । उता सरकारले धमाधम पहुँचवालाहरूलाई पोस्ने काम गरिरहेको छ । यो सरकारले साउनदेखि यतामात्र पहुँचवालाका नाममा साँढे ५ करोड बाँडेको विवरण सार्वजनिक भएको छ ।
अर्थ मन्त्रालयले उपलव्ध गराएको विवरण अनुसार पहुँचवालाहरुले न्यूनतम ३४ हजार रुपैयाँदेखि अधिकतम २५ लाखसम्म राज्यकोषबाट लिएका छन् ।
विवरण अनुसार,गुरुमा धम्मावतीको उपचारका लागि ३४ हजार रुपैयाँ लिएको भेटिएको छ भने सबैभन्दा बढी आर्थिक सहायता पूर्वराष्ट्रपति रामवरण यादवले २५ लाख रुपैयाँ औषधि उपचारका नाममा लिएका छन् । यस्तै पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि २० लाख रुपैंया उपचारका नाममा लिएका छन् ।

Advertisement 1

सरकारले साउनदेखि यता अन्धाधुन्ध रुपमा १३९ जनालाई ५ करोड ४६ लाख ३४ हजार ९०५ रुपैयाँ वितरण गरेको छ । जसअनुसार साउनमा १९, भदौमा दशैं खर्चको नाममा ३१ जना,असोजमा १ र कात्तिकमा ७ जनाले आर्थिक सहायताको नाममा रकम बाँडेको हो । सबैभन्दा बढी रकम निर्वाचनको मुखमा ५८ जनालाई बाँडिएको छ । यस्तै २१ जनाले आर्थिक सहायता बुझ्दा माघमा २ जनाले सहायता लिएका अर्थको विवरणमा उल्लेख गरिएको छ ।

rakamantar artha
प्रकाशित :२०७९ फाल्गुन १६, मंगलवार ०६:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry