मेमोरी किङले दिए स्मरण शक्ति बढाउने ९ अचुक शुत्र
‘मेमोरी किङ’ का नामले विश्वमा परिचित अर्पण शर्मालाई भावी नेपाली पुस्तालाई स्मरणशक्तिको विधिबाट पढाएर शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ । विद्यमान शिक्षा प्रणालीले बालबालिकालाई पढ्न असाध्यै कठिनाइ भएको र परीक्षामा पास गर्नका लागि मात्र उनीहरुलाई पढाउने खालको शिक्षा प्रणालीमा परिर्वतन ल्याउनमा आफू लाग्ने योजना उनको छ ।
Advertisement 1
‘नेपालको शिक्षा प्रणालीमा परिर्वतन गर्न मन छ, रटेर अध्ययन गर्ने विधि परिवर्तन मेरो नेतृत्वमा गर्न मन छ’, दुईपटक स्मरणशक्तिको माध्यमबाट विश्व रेकर्ड राख्न सफल शर्माले आफ्नो भावी योजना सुनाउँदै भने, “शिक्षाको क्षेत्रबाट देशको मुहार फेर्न मन छ, मेरो सपना छ, म पूरा गरेरै छाड्छु ।” उनलाई हिजो पढेर आज बिर्सने शिक्षा प्रणालीमा परिर्वतन गर्न मन छ ।
आफूले लिएका कक्षाहरूमा पनि विद्यार्थीलाई प्रभावकारी तरिकाले पढाउन नसकिएको अनुभव भएपछि उनले पाँच सय विद्यार्थीबाट अहिले एकपटकमा एक सय जनामात्र विद्यार्थीलाई कक्षा लिन थालेका छन् । “मलाई पनि थाहा भएन, अहिले मैले एक सय जना मात्र राखेर पढाइरहेको छु”, उनले आफ्नो आगामी योजना सुनाउँदै भने, “मङ्सिर महिनादेखि एउटा कक्षामा ८० जना मात्र राखेर कक्षा सञ्चालन गर्ने तयारी गरेको छु, त्यो सिकाइ प्रभावकारी हुने रै’छ ।” उनको कक्षा लिन मासिक एक हजारदेखि एक हजार पाँच सयसम्मले नाम दर्ता गर्ने गर्दछन् । तर इच्छुक धेरै हुँँदा कक्षा लिनका लागि समयको प्रतिक्षा गर्नुपर्ने हुन्छ । उनले दिएका केहि टिप्सहरु
Advertisement 2
व्यायाम
नियमित व्यायाम गर्नुपर्छ, स्मरणशक्ति बढ्छ । कसरी ? प्रश्न उठ्नु स्वभाविक हो । जब हामी व्यायाम गर्छौं, दिमागको कोशिकाबीच आपसी सम्पर्क राम्ररी हुन्छ र नयाँ कोशिका पनि निर्माण हुन्छ । कार्डियो एक्सरसाइज अझ राम्रो हो, शरीरमा अक्सिजन प्रवाह हुन्छ । यदि यो व्यायाम तपाईले घर बाहिर गर्नुभयो भने भिटामिन डि पनि प्राप्त हुन्छ ।
Advertisement 3
गतिविधिका साथ याद गरौं
कुनैपनि गतिविधीसँगै कुनैपनि कुरा याद वा स्मरण गर्ने पद्धती हो यो । यस किसिमको पद्धती अक्सर फिल्मका अभिनेताहरु गर्छन् । यदि तपाई कुनैपनि कुरा मुभमेन्टका साथै गर्नुहुन्छ भने, त्यसलाई याद अर्थात स्मरण गर्न बढी संभव हुन्छ । यदि तपाईंले कतै प्रेजेन्टेशन दिनुपर्ने छ र त्यसको तयारी गरिरहनु भएको छ । मानौं, त्यसका लागि तपाईंले नोट पढेर तयारी गर्नु भयो र नाचेर वा शारीरिक हाउभाउ गरेर तयारी गर्नुभयो भने दोस्रो विधी बढी प्रभावकारी हुनेछ ।
विषयलाई जोड्नुहोस्
तपाईं जुन चिज सिकिरहनुभएको छ, त्यसलाई पुरानो विषयसंग जोड्न सिक्नुहोस् । यसले तपाईँलाई दुवै कुराका बारेमा आवश्यक कुराहरू सम्झन सजिलो हुनेछ ।
दोहोर्याउनुहोस्
यदि कुनै चिजलाई मनमनै दोहो¥याउनुहुन्छ भने त्यसलाई सम्झन सजिलो हुनेछ । अथवा, कुनै पनि कुरालाई कागजमा निरन्तर लेखेर पनि स्मरण गर्न सक्नुहुनेछ । यसबाट लेखिएका शब्द स्मरण गर्न सजिलो हुनेछ ।
नयाँपन अपनाउनुहोस्
यदि तपाईँ कुनै घटनाक्रमलाई याद गर्ने प्रयास गरिरहनुभएको छ भने कुनै नौलो तरिका अपनाउनुहोस् । उदाहरणका लागि तपाईँ नौवटा ग्रहको नाम सम्झने प्रयास गरिरहनुभएको छ भने ‘माई भेरी एजुकेटेड मदर जस्ट शोड अस नाइन प्लानेट’ को तरिका अपनाउन सक्नुहुनेछ । यसमा हरेक शब्दको पहिलो अक्षरबाट ग्रहको नाम आउँछ । अथवा, सूत्रबद्ध रूपमा पनि शब्द सम्झन सक्नुहुनेछ ।
कार्डमा लेख्नुहोस्
जब महत्त्वपूर्ण बार, गते, सूत्रआदि सम्झने प्रयास गर्नुहुन्छ भने यसका लागि फ्लायस कार्डमा लेख्नुहोस् । जब तपाईँलाई आवश्यक पर्नेछ, त्यो कार्ड हेर्न सक्नुहुनेछ ।
पढेको कुरालाई महसुस गर्नुहोस्
पढेको कुरालाई मष्तिष्कमा एक तस्बिर बनाउने प्रयास गर्नुहोस्, यसबाट लामो समयसम्म याद राख्न सकिन्छ । पढिरहेको बेलामा तपाईँ ती शब्दका बारेमा सोच्न सुरु गर्नुहोस् । कल्पना गर्नुहोस्, त्यो कस्तो देखिनेछ, त्यसको सुगन्ध, आकार प्रकार कस्तो हुनेछ, स्वाद कस्तो हुनेछ आदि ।
उदाहरण दिनुहोस्
जब तपाईँ कुनै पनि कुरालाई असल जिन्दगीसंग जोडेर हेर्नुहुन्छ भने, त्यो मष्तिष्कमा एक किसिमको छाप बनेर बस्छ र सम्झन सजिलो हुन्छ । के पनि भनिन्छ भने मानिसले आफ्नो मष्तिष्क आफ्नो जीवनकालमा मुस्किलले ५ देखि ७ प्रतिशत मात्र प्रयोग गर्न सक्छ, बाँकी भाग प्रयोग गर्न सक्दैन । त्यसैले ती बाँकी भाग पनि प्रयोग गर्ने प्रयास गर्नुहोस् ।
स्मरण शक्ति बढाउने प्राकृतिक खाना खानुहोस्
प्रशस्त एण्टिअक्सिडेण्ट पाइने खानेकुराहरू (बदाम, ओखर, काजु, अङ्गुर, स्याउ, केरा, गाढा हरीयो सागपात, अदुवा, गाँजर, आदि।) खाँदा स्मरणशक्तिलाई कमजोर बनाउने इलेक्ट्रोनहरूलाई निष्क्रिय बनाउँदछ र विस्तारै मस्तिष्को क्षमतामा वृद्धि हुँदै जान्छ। माछा र गेडागुडीमा पाइने स्वस्थ बोसोले पनि दिमागलाई फाइदा गर्दछ।