दिल पौडेलका १२ हाइकु

dil paudel
हाँसको अण्डा
कुखुराको ठुँगाइ
भ्यागुता गाँड !
०००
हाँडीका मकैं
सधैं ठ्ट्ना मात्रै
मंसिरे ठिही !
०००
सत्ता जफत
अधीनस्थ जमीन
क्षेत्रीय युद्ध !
००
नेता महात्मा
जमीन भारतमा
पुर्जा हातमा !
००
पैसा र कुर्सी
माथि हुन्छ जसको
उसैको फर्सी !
०००
दाउरा काँचो
बाँदरको पुच्छर
जंगे पिल्लर !
०००
कुर्सीको खेल
बाँदरको झगडा
खुट्टामा नेल !
०००
Advertisement 1
माक्स लेनिन
गौतमको सन्देश
अन्धो जीवन !
००००
चाकडी काम
सदैव छलछाम
अनि इमान !
००
जग्गाको पोत
जो घुस थापिदिन्छ
उसैको जोत !
०००
इज्जत छैन
बोल्छन् आफैं अघि
भन्छन हैन !
०००
पुटुक्क भुँडी
चोथालेको मादल
दलेको खल्ती !~
									
										प्रकाशित  :२०७७ माघ २४, शनिबार ०९:०४																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            
 
                            

