पर्यटन बोर्ड सञ्चालक सदस्यमा ३ जना नियुक्त

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन बोर्डको सञ्चालक सदस्यमा तीन जना सदस्य नियुक्त गरेका छन्।
छनौट समितिले सिफारिस गरेका ५ जनामध्येबाट पर्यटनमन्त्री भानुभक्त ढकालले शुक्रवार चन्द्र रिजाल, ङावाङिमा शेर्पा र कृष्ण शाहलाई नियुक्त गरेका हुन् । नियुक्त भएकामध्ये चन्द्र रिजाल टानका पूर्वअध्यक्ष हुन् भने ङावा निमा शेर्पा नेपाल कोरिया पर्यटन प्रवर्द्धनमा क्रियाशील व्यवसायी हुन् । त्यस्तै इलामका शाह पनि पर्यटन क्षेत्रमै सक्रिय व्यवसायी हुन् । सदस्यका लागि २२ जनाले इच्छा प्रकट गर्दै आवेदन दिएका थिए। २२ जनाबाट ५ जना सर्टलिस्ट गरिएको थियो। उक्त सर्टलिस्टबाट ३ जना सदस्यहरूलाई ३ वर्षका लागि सञ्चालक सदस्यमा नियुक्त गरिएको हो।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार १९:१५

प्रतिक्रिया दिनुहोस्