यी हुन उत्कृष्ट १४ करदाता

सरकारले कर दिवसको अवसरमा उत्कृष्ट करदाता तथा संघ संस्थालाई सम्मान गरेको छ । आन्तरिक राजश्व विभागले कर दिवसको अवसर पारेर १४ उत्कृष्ट व्यावसायिक संघ–संस्था करदातालाई सम्मान गरेको हो ।
सम्मानीत हुनेमा नेपाल दूरसञ्चार कम्पनी धेरै आयकर तिर्नेमा सम्मानित भएको छ। नेपाल टेलिकम सबैभन्दा धेरै आयकर बुझाउने कम्पनी बनेको छ ।

Advertisement 1

व्यक्तिगत आयकर तिर्नेमा विजयकुमार शाहलाई सम्ममानीत गरिएको छ । शाह व्यक्तिगत आयतर्फ विजयकुमार शाह व्यक्तिगततर्फ सबैभन्दा धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानीत बनेका हुन । उनी जावलाखेल डिस्टिलरीका अध्यक्ष हुन ।

आन्तरिक राजस्व विभागले सूर्य नेपाल प्रालिलाई सबैभन्दा धेरै कर बुझाउने कम्पनीका रुपमा सम्मान गरेको छ ।  सबैभन्दा धेरै भ्याट बुझाउनेमा गोर्खा ब्रुअरी सम्मानित भएका छन्।

Advertisement 2

यस्तै शिवशक्ति निर्यातमा र विशेष विधाअन्तर्गत राजेश मेटल क्राफ्ट सम्मानित भएका छन्। कृषि क्षेत्रमा ओसिबी फिड्स एन्ड फुड, सहकारी विधामा छिमेक लघुवित्त, बैंक तथा वित्तीय सस्थामा नबिल बैंक, बिमा कम्पनीमा नेपाल पुनर्बिमा कम्पनी उत्कृष्ट भएका छन्।

स्वास्थ्य क्षेत्रमा नोबेल टिचिङ हस्पिटल र पर्यटनतर्फ मनकामना केबुलकार प्रालि सम्मानित भएका छन्। वस्तु व्यापार हंशराज हुलास प्रालि, ऊर्जामा चिलिमे जलविद्युत् कम्पनी सम्मानित गरिएको छ ।

Advertisement 3

मध्यम स्तरीय करदातामा नेपाल धितोपत्र विनिमय बजार र रेमिट्यान्स कम्पनीमा आईएमई रहेका छन्।

प्रकाशित :२०७९ मंसिर ७, बुधबार १२:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम