चुनावमा खटिने कर्मचारीलाई दोब्बर तलब, कस्को भत्ता कति (कार्यविधिसहित)

आगामी ४ मंसिरमा संघीय र प्रदेशसभा निर्वाचन गर्न खटिएका कर्मचारीको तलब कति होला ? निर्वाचनमा खटिने सामान्यदेखि माथिल्लो तहसम्मका सबै कर्मचारीले तलबभन्दा भत्ता धेरै थाप्दैछन् ।

Advertisement 1

निर्वाचन घोषणा भएकै दिनदेखि निर्वाचनको परिणाम सार्वजनिक हुने दिनसम्म निर्वाचनमा खटिने कर्मचारीहरुले तलबभन्दा धेरै भत्ता पाउने छन् ।

आयोगका अनुसार,निर्वाचनको काममा खटिएका आयुक्त,आयोगका सचिवालय तथा निर्वाचन आयोगमा स्वीकृत दरबन्दीमा कार्यरत कर्मचारी,आयुक्तको सुविधामा कार्यरुत कर्मचारी,आयुक्तको निवासमा सुरक्षामा खटिएका पिएसओ,आयोगको मूल गजेटमा खटिने नेपाल प्रहरीका दश जनासम्म सुरक्षाकर्मीले निर्वाचन घोषणा भएको मितिदेखि निर्वाचनको अन्तिम परिणाम प्रकाशन भएको अन्तिम दिनसम्म निर्वाचन सुविधा,खाजा तथा खाना खर्च पाउनेछन् ।

Advertisement 2

निर्वाचनमा खटिने आयुक्त, कर्मचारी र सुरक्षाकर्मीले यस अघि खाईपाई आएको रकममा दोब्बर तलबसहित थप सुविधा पाउने भएका छन्। आयोगका अनुसार निर्वाचनको काममा संग्लग्न आयुक्त, निर्वाचन आयोगको सचिवालय, निर्वाचन कार्यलयमा कार्यरत स्वीकृत दरबन्दी, स्थायी, करार वा काजमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीले निर्वाचन घोषणा भएको मितिदेखि निर्वाचनको अन्तिम परिणाम प्रकाशन भएको मितिले ३५ दिनभित्र निर्वाचन सुविधा, खाना र खाजा खर्च पाउनेछन्।

Advertisement 3

निर्वाचनमा खटिएका पदाधिकारी,न्यायधीश तथा कर्मचारी,सुरक्षाकर्मीसम्मको सेवा तथा सुविधका लागि आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक व्यवस्थापन कार्यविधि ०७९ जारी गरेको छ ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/10/आर्थिक-व्यवस्थापन-कार्यविधि-२०७९-पहिलो-संशोधन-समेत.pdf” title=”(आर्थिक व्यवस्थापन) कार्यविधि, २०७९, पहिलो संशोधन समेत”]

प्रकाशित :२०७९ कार्तिक ३, बिहीबार १०:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम