हिमाली जिल्ला रसुवा :- कस्को कति छ दम ?

आगामी ४ मंसिरमा हुन लागेको संघ र प्रदेशको निर्वाचनका तयारीमा छन् राजनीतिक दलहरु । बत्तीमुनीको अध्यारोको नियति भोगेर बाँचिरहेको रसुवा जिल्लामा पनि चुनाव लागेको छ । संघको टिकट पाउने पक्कापक्कीमा छन् एमालेका जनार्दन ढकाल र नेपाली काँग्रेसका मोहन आचार्य । पेशाले दुबै क बर्गका ठेकेदार । बाग्मती प्रदेशमा सबैभन्दा कम मतदाता रहेको जिल्ला हो रसुवा ।
Advertisement 1
सोही जिल्लाका दुई नेता भने निर्वाचनको माहोलले छोपेसँगै अन्य पार्टीबाट कार्यकर्ता चोर्न लागिपरेका छन् । अहिले मोहन आचार्यले बुढानिलकण्ठमा लगेर अन्य पार्टीका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराइरहेका छन् भने जनार्दन ढकालको पहलमा अन्य पार्टीका नेता कार्यकर्तालाई सूर्यको झण्डा मुनी ल्याउने काम तिव्रतर गतिमा गरिरहेका छन् । उनले जिल्लाका माओवादीका नेता उद्धव रिजाललाई हालै मात्र एमाले बनाएका छन् ।
७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले २,कांग्रेसले २ र नयाँ शक्तिले एउटा स्थानीय तहको प्रमुख जितेका थिए भने गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा भने रसुवाका पाँँच पालिकामध्ये तीनमा कांग्रेस र दुई पालिकामा एमाले निर्वाचित भएको छ । स्थानीय तह निर्वाचनमा पाँँच पालिकामध्ये कालिका गाउँपालिका, नौकुण्ड गाउँपालिका र आमाछोदिङमो गाउँपालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । उत्तरगया गाउँपालिका र गोसाइँकुण्डमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । कालिका गाउँपालिकामा नेपाली कांग्रेसका हरिकृष्ण देवकोटाले २ हजार ६२२ मत प्राप्त गरी विजयी भएका थिए । एमालेका उम्मेदवार कमलनाथ आचार्यलाई ३३९ मतले पराजित गरेका हुन् । कालिका गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार सोम तामाङले १ हहजार ५२२ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा कांग्रेसका मिरा तामाङले २८१० मत ल्याएर नेकपा एमालेकी अम्बिका भट्ट पौडेललाई ८०० मत अन्तरले पराजित गरी विजयी भइन् ।
Advertisement 2
कालिका गाउँपालिका १ मा माओवादीका दावा तामाङ, २ मा नेपाली काँग्रेसका उमेश न्यौपाले, ३ मा नेपाली काँग्रेसका फणिन्द्र न्यौपाने , ४ मा नेपाली काँग्रेसका खेसम तामाङ र वडा नं ५ मा नेपाली काँग्रेसका सन्दिप पौडेल विजयी भएका हुन् । नौकुण्ड गाउँपालिकामा नेपाली कांग्रेसका नुर्पुसाङबो घले विजयी भएका छन् । उनले नेकपा एमालेकी सिर्जना लामालाई ४०० मतान्तरले पराजित गरेका हुन् ।
गाउँपालिका उपाध्यक्षमा भने नेकपा एमालेका चन्द्रबहादुर गलान विजयी भएका छन् । वडा अध्यक्षहरूमा १ मा कांग्रेसका कान्छा लामा, २ मा एमालेका ङाफु तामाङ, ३ मा एमालेका नोकेन्द्रदेव मोक्तान, ४ मा कांग्रेसका ज्ञानी वाइवा, ५ मा कांग्रेसका श्यामबहादुर थिङ र ६ मा एमालेका योनुर्पु तामाङ विजयी भएका हुन् ।
Advertisement 3
आमाछोदिङमो गाउँपालिकामा नेपाली कांग्रेसबाट पुनः बुचुङ तामाङ निर्वाचित भएका छन् । उनले एमालेका फुपुसिङ्गी तामाङलाई ३०० मतान्तरले जितेका हुन् ।
उपाध्यक्षमा कांग्रेसकी चण्डिका तामाङले एमालेकी नविना लामालाई पराजित गरेकी हुन् । वडा अध्यक्षहरू १ मा एमालेका साङ लामा तामाङ, २ मा काँग्रेसका लाक्पाकामी तामाङ, ३ मा एमालेका सुरेन्द्र तामाङ, ४ मा एमालेका धर्म तामाङ र ५ मा कांग्रेसका दावागोम्बो तामाङ विजयी भएका छन् ।
यस्तै उत्तरगया गाउँपालिका अध्यक्षमा एमाले केन्द्रीय सदस्य तथा युवा नेता माधव अर्याल निर्वाचित भएका छन् । उनले निवर्तमान अध्यक्ष उपेन्द्रराज लम्साललाई ४४० मत अन्तरले पराजित गरेका हुन् भने उपाध्यक्षमा चमेली गुरुङ पुन निर्वाचित भइन् ।
उत्तरगया गाउँपालिका वडा नं १ मा वडा अध्यक्षमा नेकपा एमालेका मारसिङ तामाङ, वडा नं २ मा एमालेका टुकुप्रसाद सुवेदी, वडा नं ३ मा एमालेका लालबहालुर लामा, ४ मा नेपाली काग्रेसका अमर बुलुन, ५ मा माओवादी केन्द्रका यमनाथ आचार्य विजय भएका छन् ।
गोसाइँकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा एमालेका नेता कैसाङनुर्पू तामाङ पुनः विजयी भएका छन् । उनले कांग्रेसका जिल्ला पार्टी सभापति समेत रहेका पेम्बाछिरिङ तामाङलाई ५०० मतअन्तरले पराजित गरे ।
उपाध्यक्षमा नेकपा एमालेकी प्रतिमा लामा विजयी भइन् । उनले नेपाली कांग्रेसकी देकी तामाङलाई ५०० मतान्तरले पराजित गरेकी हुन् । गोसाँइकुण्ड गाउँपालिका वडा नं १ मा उर्केन तामाङ, २ मा नेपाली कांग्रेसका कमीछिरिङ तामाङ, ३ मा नेकपा एमालेका मिङमार तामाङ, ४ मा कांग्रेसका ढिण्डु लामाजाङवा तामाङ, ५ मा नेकपा एमालेका दावामिङमार तामाङ र वडा नं ६ मा नेकपा एमालेका दावासिदार वाइवा छन् ।
यसरी यी दुई ठेकेदारहरु अन्य पार्टीका कार्यकर्ता तान्ने होडबाजीमा छन् अहिले । पाँच वटा पालिका रहेको रसुवा जिल्लामा गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने नेकपा एमाले १२ हजार २८७ मत पाएको देखिन्छ । यस्तै नेपाली कांग्रेसले एमालेले भन्दा झण्डे २ हजार २ सय मत कम मत अर्थात १० हजार ०८६ मत ल्याएको थियो । यस्तै रसुवाको तेश्रो शक्ति मानिएको नेकपा माओवादी केन्द्रले ३ हजार २२७ मत ल्याएको देखिन्छ । आगामी संघीय निर्वाचनमा रसुवा कन्स्ट्रक्सन भर्सेस सूर्यचन्द्र कन्सट्रक्सनको प्रतिष्प्रर्धा हुने प्रवल सम्भवना छ । यस अघि नै संविधानसभाका सांसद बनिसकेका जनार्दन ढकाल र अहिलेका सांसद मोहन आचार्यबीच टक्कर हुने आँकलन गरिएको छ ।
दुवैजना ठेकेदार भएका कारण रसुवाको चुनाव पार्टीको भन्दा पनि दुई ठूला ठेकेदारको जस्तो हुने देखिएको छ ।