कोशीमा गठबन्धनलाई धक्का,अन्य प्रदेशबाट को- को भए निर्वाचित ?

राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशमा गठबन्धनलाई धक्का लागेको छ । आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा महिला कोटामा नेकपा एमालेका उम्मेदवार रुक्मिणी कोइराला विजयी भएका छन् ।

Advertisement 1

उनले गठबन्धनको उमेद्धार चम्पा कार्कीलाई हराउँदै विजयी भएकी हुन् । कोशीमा १७ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि ३ जना प्रदेश सांसद फलोर क्रस गरेर एमाले उम्मेदवारलाई भोट दिएपछि गठबन्धनका उम्मेदवार कार्की पराजित भएकी हुन् ।

रूक्मणि कोइराला ५०८६ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीका चम्पा कार्कीले ४९९२ मत मात्र पाएकी छन् ।
यता,आज भएको निर्वाचनको नतिजा आउन थालेको छ । निर्वाचन आयोगका अनुसार,बागमती प्रदेश दलिततर्फ नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन् । रिजाल ६५१२ मतभारसहित विजयी भएका हुन् । यस्तै गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा ३ हजार ६ सय ६० मतभार पाएर विजयी भएकी छिन् ।

Advertisement 2

यस्तै, सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिलातर्फ माओवादीकी रेनु चन्द ४ हजार ४५३ मत सहित विजयी हुँदा अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मतसहित निर्वाचित भएका छन् भने अन्यतर्फ काङ्ग्रेसकै बलदेव बोहरा विजयी भएका छन् ।

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका छन् ।यस्तै जितजंग बस्नेत,कृष्ण सिटौला पनि विजयी भएका छन् ।

प्रकाशित :२०८० माघ ११, बिहीबार १७:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry