कान्तिपुरले कसरी पायो हिमालयन रि- इन्स्योरेन्सबाट १० करोडको गोल्डन शेयर ?

स्वार्थ सिद्धि नहुँदा मिडियाहरुले कसरी खुइल्याउँछन र स्वार्थपूर्ति भएपछि कसरी बोक्छन् भन्ने एउटा पछिल्लो पछिल्लो उदाहरण हेरौं ।
Advertisement 1
चन्द्रागिरी हिल्सको बदमासी प्रकरण केही श्रृंखला उत्खनन गरेर दश प्रतिशत गोल्डन शेयर (सित्तैमा) हात पारेको एउटा मिडिया हाउसले अर्काे एउटा बीमा कम्पनीसँग उस्का नकरात्मक समाचार नलेख्ने शर्तमा १० करोड नजराना बुझेको प्रमाण भेटिएको छ । सरकारी कम्पनीको व्यापार खोसेर शेखर गोल्छा र साहिल अग्रवालहरुलाई पोसिरहेको एउटा प्रकरणमा आँखा चिम्लिएर कान्तिपुरका मालिक कैलाश सिरोहियाले हिमालयन रि इन्स्योरेन्सबाट दश प्रतिशत शेयर हात पारेका छन् । सरकारले नेपाल पुर्नबीमा कम्पनीको व्यापार खोसेर बिचौलिया दीपक भट्टको प्रभावमा परेर हिमालयन रि इन्स्योरेन्सलाई बार्षिक अर्बाैको कारोबार सुम्पिइसकेको छ । सोही प्रकरणमा सिरोहियाले फोकटमा दश करोड हात पारेका हुन । अघिल्लो बर्षमात्र अवैद्य ढंगबाट जन्मिएको एउटा कम्पनी हो त्यो ।
कम्पनी रजिष्ट्रार कार्यालय स्रोतका अनुसार शेखर गोल्छा,शतिष मोर,कैलास सिरोहिया,शशिकान्त अग्रवालदेखि पशुपति मुरारका लगायतका व्यापारीहरु त्यस्का सञ्चालक छन् । पूँजी ७ अर्ब रुपैयाँ रहेको सो कम्पनीमा फोकटको शेयर होल्डर कान्तिपुर ग्रुपका मालिकलाई बनाइएको हो । कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमा दर्ता भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्रबन्ध पत्रमा धनुषा जिल्ला जनकपुर नगरपालिका– ५ निवासी स्व. घाँसिराम सिरोहियाका छोरा कैलाश प्रसाद सिरोहियालाई १० करोड रुपैयाँको १० लाख कित्ता शेयर बाँडफाँड गरिएको छ । उनको साक्षीमा महेश स्वार बसेका छन् । स्वार सिरोहियाका आफन्त समेत हुन् ।
Advertisement 2
पुर्नबीमा कम्पनीको लाइसेन्स लिने दौडमा हिमालयनसहित काठमाडौं रि–इन्स्योरेन्स, अन्नपूर्ण रि–इन्स्योरेन्स र प्रुडेन्सियल रि–इन्स्योरेन्स भए पनि सुलभ अग्रवाल र दीपक भट्टहरुको प्रभावमा पारेर बीमा समितिले हिमालयन रि लाई लाइसेन्स दिएको बताइन्छ । इजाजत पाएसँगै झण्डै ७० प्रतिशत लगानी रहेको नेपाल पुर्नबीमा कम्पनीको आधा हिस्सा व्यापार खोसेर अधिकांश मारवाडी व्यापारीहरुले चलाएको कम्पनीलाई पोसिएको हो । यस अघि नेपाल पुनर्बीमा कम्पनीले पाउँदै आएको कूल बीमाको २० प्रतिशत प्रत्यक्ष बीमा हिस्सा पाउँदै आएकोमा बीमा समितिको सो निर्णय सँगै पुर्नबीमाको व्यापारको १० प्रतिशत हिस्सा खोसेर हिमालयन रि इन्स्योरेन्सको हातमा पुगेको हो ।
उसो त हालै अर्थमन्त्रीबाट बाहिरिएका जर्नादन शर्माले समेत कान्तिपुरको मिडिया ट्रायलमा आफू परेको गुनासो साथीभाईसँग पोखेका छन् । पब्लिक लिमिटेडमा जाने तयारीमा रहेको कैलाश सिरोहियाले भनेको व्यक्तिलाई धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष नबनाइएको कारण आफूमाथि कान्तिपुरले रिस फेरेको निर्वतमान अर्थमन्त्री जर्नादन शर्माले बताउने गरेकाछन् । कैलाश सिरोहियासँग चरम दुश्मनीमा रहेका अजयराज सुमार्गीले पत्रकार सम्मेलन गरेरै आरोप लगाएका थिए सिरोहियाले मिडियाको आडमा ब्लाक मेलिङ गरिरहेको साथैं नेपालका ठूला उद्यमी तथा व्यापारीहरुबाट नजरानास्वरुप गोल्डन शेयर (सित्तैमा) लिने गरेको आरोप लगाएका थिए । पाँच बर्ष अघि सुमार्गीले लगाएको आरोप चन्द्रागिरी हिल्स र हिमालयन रि इन्स्योरेन्सको प्रकरणले प्रकरणले उनको आरोपलाई धेरै हदसम्म पृष्टी गरेको छ ।