बजेटको आकार नबढाउन सुझाव

बजेटको आकार कम गर्नुपर्नेमा अर्थविद्हरुले जोड दिएका छन् । खर्च नै गर्न नसक्ने प्रवृत्तिको अन्त्य गर्न पनि बजेटको आकार कम गर्नुपर्ने उनीहरूको तर्क छ। विगतका वर्षहरूको तथ्याङ्क हेर्ने हो भने नेपालमा वार्षिक १२ खर्बभन्दा बढी बजेट खर्च हुन सकेको छैन । यस्तो अवस्थामा ठूलो बजेट बनाएर भार बढाउनुभन्दा सटिक बजेट बनाए शतप्रतिशत खर्च गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

Advertisement 1

सरकारले आर्थिक वर्ष २०७३/०७४ मा ८ खर्ब ३५ अर्ब, २०७४/०७५ मा १० खर्ब ८५ अर्ब, २०७५/०७६ मा ११ खर्ब ९ अर्ब, २०७६/०७७ मा १० खर्ब ९० अर्ब र आर्थिक वर्ष २०७७/०७८ मा ११ खर्ब ८० अर्ब रुपैयाँ मात्र खर्च गरेको छ। त्यसमाथि पछिल्ला ४ आर्थिक वर्षलाई हेर्ने हो भने त सरकार आफैले बनाएको बजेटलाई अर्धवार्षिक समीक्षा मार्फत कटौती गर्ने गरेको देखिन्छ। त्यस कारण पनि सुरुमै कम आकारको बजेट बनाउँदा बजेट घाटा पनि कम हुने र अनावश्यक खर्च नियन्त्रण हुने अर्थविद्हरूले बताएका छन्। आजको कारोबार दैनिकमा समाचार छ ।

प्रकाशित :२०७९ जेष्ठ ४, बुधबार ०६:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम