यी हुन् मत बदर हुने ११ अवस्था

यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। निर्वाचन आयोगका अनुसार हरेक पटक खसेका मतमध्ये झण्डै ५ प्रतिशत मद बदर हुने गरेको छ । देशभरका ७५३ पालिकामा गरी कूल ३५ हजार २२१ पदका लागि त्यस दिन मतदान हुनेछ। स्थानीय तह निर्वाचनमा एक मतदाताले ७ जना उम्मेदवारलाई मतदान गर्नुपर्ने हुन्छ । अहिले पनि मतदान गर्दा यी ११ कुरामा ध्यान पुर्याइएन भने मत बदर हुन सक्ने निर्वाचन आयोगले जनाएको छ । मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्रमा स्वस्तिक छाप हानिएको खण्डमा सो मत बदर हुनेछ । यस्तै स्वस्तिक चिन्हको ठाउँमा कलम वा औँठाछाप लगाएको खण्डमा समेत मत बदर हुनसक्छ । कतिपय अवस्थामा उम्मेद्धार नै नभएको निर्वाचन चिह्नमा मतदान गर्दा मत बदर हुन्छ ।
Advertisement 1
जस्तो अघिल्लो निर्वाचनमा भरतपुर महानगरपालिकाबाट काँग्रेसको मेयर उम्मेद्धार थिएन । त्यहाँ मत खस्दा सात हजारभन्दा बढी मत बदर भएको थियो भने काठमाडौं महानगरपालिकामा उपमेयरमा एमालेका उम्मेद्धार थिएन तर त्यहाँ १५ हजारभन्दा बढी मत सुर्य चिन्हमा खस्दा सो मत बदर भएको थियो । मत संकेत चिन्ह नबुझिने गरी लतपतिएको वा च्यातिएको, निर्वाचित गर्नुपर्ने संख्या भन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टा–छुट्टै मत दिएको,आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको, मतपेटिका भन्दा बाहिर राखिएको अबस्थामा मत बदर हुने निर्वाचन आयोगले जनाएको छ ।