अध्ययनका लागि विदेशिँदै भन्सारका डिजी दाहाल
![](https://ekarmachari.com/wp-content/uploads/2020/08/Suman-Dahal_567643988.jpg)
भन्सार विभागका महानिर्देशक सुमन दाहाल पद छाडेर जापान जाने तयारी गर्दैछन् ।
Advertisement 1
उनी भन्सार विभागका तत्कालीन हाकिम रामेश्वर दंगाल प्रदेशतिर खटिएपछि त्यहाँ महानिर्देशक बनाएर दाहाललाई लगिएको थियो । अघिल्लो बर्ष भदौं १६ गते भन्सारका हाकिम बनेका दाहाल अध्ययनका लागि जापान जाने तारतम्य मिलाउँदैछन् ।
जापानको टोकियो विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका उनी सोही विषयमा विद्यावारिधि गर्न सोही विश्वविद्यालयमा जान लागेका बताइएको छ ।
अख्तियारको प्रवत्ता हुँदै भन्सार छिरेका दाहाललाई अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्वको मुहानै सफा गर्ने भन्दै भन्सारमा र प्रधानमन्त्री कार्यालयका विनोद कुँवरलाई आन्तरिक राजश्वमा पठाएका थिए । अर्थ मन्त्रालय सूत्रका अनुसार दाहाल आगामी असोजमा विदेश जाने तरखर गर्दैछन् ।
उनले यस्को सुँइको त्यहीका कर्मचारीहरुलाई पनि दिइसकेका छन् । उनले आफू असोज पछि विभागमा नरहने संकेत कर्मचारीहरुलाई गरिसकेका छन् । दाहाल जापानको टोकियो विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् । अहिले उनी अर्थशास्त्र विषयमा विद्यावारिधि गर्न जापानको टोकियो विश्वविद्यालयमा जान लागेका हुन् ।