सिभिल बैंकले बाँडफाँट गर्‍यो ऋणपत्र

सिभिल बैंक लिमिटेडले  १० वर्षे अवधिको ऋणपत्र पुस १४ गते बाँडफाँट गरेको छ ।

Advertisement 1

कम्पनीले मंसिर २४ गतेदेखि पुस ७ गतेसम्म वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरको रु. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गरेको हो ।

कम्पनीले कुल कित्तामध्ये सामूहिक लगानी कोषका लागि समेत १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता विभिन्न व्यक्ति तथा संघसंस्थाहरुमा विक्री गरेको हो । उक्त ऋणपत्र विक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले पुरा गरेको छ ।

Advertisement 2

बाँडफाँट भएको उक्त ऋणपत्र सम्बन्धीत ऋणपत्र धनीहरुको हितग्राही खातामा भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपछि जम्मा हुनेछ ।

प्रकाशित :२०७८ पुष १५, बिहीबार १३:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry